अवैध सालको काठ बरामद

कञ्चनपुर।कञ्चनपुरमा अवैध सालको काठ बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तिपुरमा बेवारिसे अवस्थामा रहेको अवैध सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।
उहाँका अनुसार गोप्य सूचनाको आधारमा बेवारिसे अवस्थामा रहेको ३.४ क्युफिटको २ गोलीया सालको काठ बरामद गरिएको हो। बरामद गरिएको उक्त काठ सब–डिभिजन कार्यालय पचकोरीयालाई बुझाइएको कञ्चनपुर प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्