सप्तरीमा आजबाट मास्क खै अभियान सुरु
सप्तरी। कोभिड–१९ को जोखिम बढेको भन्दै सप्तरीमा मास्क खै अभियान सुरु गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै सप्तरीमा सतर्कता अपनाउन थालिएको हो ।
कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले आज बुधबारबाट सर्वसाधारणहरूलाई रोकेर मास्क खै अभियान सुरु गरेको हो ।कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधारणलाई सचेत गराउनका लागि ‘तपाईँको मास्क खै’ अभियान सुरु गरिएको हो ।
सवारी चालकलाई र सहचालकलाई अनिवार्य रुपमा मास्क लगाउन प्रशासनले निर्देशन दिएको छ ।मास्क नलगाई सडकमा यात्रा गरिएको भेटिएमा प्रहरीले कारबाही समेत गर्ने प्रशासनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्