तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीबाट वैदेशिक रोजगारीमा गएका २८ जनाले यस आर्थिक वर्षमा ज्यान गुमाए

सप्तरी। सप्तरीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका मध्येबाट चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्मको अवधिमा २८ जनाको ज्यान गएको छ ।

सप्तरी सामुदायिक विकास केन्द्र नेपालले सुरक्षित वैदेशिक रोजगारीका लागि पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा तथ्याङ्क प्रस्तुत गर्दै सो जानकारी दिएको हो ।जिल्लामा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन भइरहेको प्रयास र समग्र अवस्था समेटिएको प्रतिवेदन सार्वजनिक गर्दै सुरक्षित आप्रवासन परियोजना कार्यक्रमका संयोजक राजेन्द्र यादवले विभिन्न घटना र दुर्घटनामा परि उनीहरूको ज्यान गएको जानकारी दिनुभएको छ ।

जसमध्ये ७ जनाले आत्महत्या, ४ जनाको कोरोना र ४ जनाको सवारी दुर्घटनामा तथा बाँकी अन्यको विभिन्न घटनामा मृत्यु भएको जनाइएको छ ।यस्तै आर्थिक वर्ष २०६५/०६६ देखी हालसम्म १२ वर्षे अवधिमा जिल्लाबाट रोजगारीका लागि ४ सय ५३ महिला र १ लाख १४ हजार ४६ पुरुष विभिन्न मुलुक गएको यादवले बताउनुभयो ।

यस्तै चालु आ.ब. २०७७/०७८ मा वैदेशिक रोजगारीमा जाने १ सय २३ जनालाई सीप र ३७ हजार २ सय ३६ जनालाई परामर्शका साथै एजेन्ट र विभिन्न म्यानपावर कम्पनीबाट ठगिएका दर्जनौँ व्यक्तिलाई गरी १४ करोड रुपैयाँ क्षतिपूर्ति दिलाउन सफल भएको उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button