तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख जानकी मन्दिरको माटो र कोशीको जल लिएर अयोध्यापुरीमा

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज जानकी मन्दिरको माटो र कोशीको जलिएर चितवन माडीको अयोध्यापुरीमा पुगनुभएको छ ।

श्रीरामनवमीको अवसर पारेर आज चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रमा प्रदेश प्रमुख जनकपुरस्थित जानकी मन्दिरभित्रको माटो, गंगासागरको जल, बराह क्षेत्रस्थित चतराधामको माटो र कोशी नदीको जल लिएर माडी पुग्नुभएको हो ।

जनकपुरबाट ४० वटा गाडीमा श्रद्धालुहरुसहित माडी आउनुभएका  प्रदेश प्रमुख  अहिराजले भ्रमणले धार्मिक पर्यटन, सामुदायिक सद्भाव, ऐतिहासिक अवसर र राम जन्मभूमिको महत्वलाई थप बल पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button