तपाईँ सुन्दै हुनुहुन्छः

आईपीएलमा दिल्लीको दोस्रो जित

चेन्नई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ ।

आईपीएल अन्तर्गत आफ्नो चौथो खेलमा दिल्लीले साविक विजेता मुम्बई इण्डियन्सलाई ६ विकेटले हरायो । १ सय ३८ रनको मध्यम लक्ष्य दिल्लीले ५ बल अगावै ४ विकेटको नोक्सानीमा पूरा गर्‍यो ।

दिल्लीका लागि शिखर धवनले ४५ तथा स्टेभेन स्मिथले ३३ रन बनाउँदा ललित यादव २२ रनमा अविजित रहे । यसअघि चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । मुम्बईका कप्तान रोहित शर्माले ४४ रन जोडे ।

त्यस्तै इशान किशन २६, सूर्यकुमार यादव २४ तथा जयन्त यादव २३ रनमा पेभेलियन फर्किए । बलिङमा दिल्लीका अमित मिश्राले चार विकेट हात पारे ।

जितसँगै चार खेलबाट ६ अंक जोड्दै दिल्ली तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

आईपीएलमा आज पञ्जाब किंग्स र सनराइजर्स हैदराबाद तथा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स भिड्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button