तपाईँ सुन्दै हुनुहुन्छः

सोमालियाका राष्ट्रपति कङ्गो भ्रमणमा

सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले लोकतान्त्रीक गणतन्त्र कङ्गोको भ्रमण सुरु गर्नुभएको छ ।

दुई दिने भ्रमणका लागि उहाँ सोमबार सोमालियाबाट कङ्गो प्रस्थान गर्नुभएको अधिकारीहरूले जानकारी दिएका छन् ।

सोमालियाका राष्ट्रपति फर्माजोले कङ्गोका समकक्षी तथा अफ्रिकी संघका अध्यक्ष फेलिक्स सिसेकेडीलाई भेट्ने कार्यक्रम रहेको छ ।

“भ्रमणका क्रममा दुवै देशका राष्ट्र प्रमुखहरूबीच औपचारिक भेटवार्ता गर्ने तालिका रहेको छ,” सोमालियाको राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

भेटवार्ताका क्रममा उहाँहरुले दुई पक्षीय हित, साझा चासो, आपसी सम्बन्ध, भावी योजना लगायतका विषयमा छलफल गर्नुहुने जनाइएको छ ।

दुई देशबीचको सम्वन्धलाई बलियो बनाउदै सहकार्य बढाउने मुख्य उद्देश्यले फर्माजोले कङ्ग्रोको भ्रमण सुरु गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button