लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण भएको छ ।
मुख्यमन्त्री शङ्कर पोखरेलको सिफारिसमा नियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले शपथ ग्रहण गराउनु भएको हो । मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई विभाजन गरेर थपिएका ४ मन्त्री र हेरफेर भएका ३ जना मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शपथ ग्रहण गराइएको हो ।
थपिएका मन्त्रीमध्ये भौतिक पूर्वाधारमा सन्तोष पाण्डे ल्याइएको छ भने सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी थारुलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाइएको छ । उद्योग मन्त्री लिला गिरि आन्तरिक मामिला तथा कानुन तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हुनु भएको छ भने कृषि मन्त्री आरती पौडेललाई उद्योग वन वातावरण मन्त्री बनाइएको छ ।
त्यसै गरी कल्पना पाण्डे सामाजिक भूमि व्यवस्थामा विजय बहादुर यादव र सुमन शर्मा रायमाझी लाई भौतिक पूर्वाधार राज्य मन्त्री बनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्