तपाईँ सुन्दै हुनुहुन्छः

अयोध्यामा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति शोभा रथ यात्रासहित स्थापना गरिने

चितवन । चितवनको माडी नगरपालिका–९ अयोध्या धाममा राम, सीता, लक्ष्मण र हनुमानको पुर्णकदका मूर्ति स्थापना गरिने भएको छ ।

आज भरतपुरमा अयोध्या धाम व्यवस्थापन समितिले पत्रकार सम्मेलन गर्दै आगामी ८ गते राम नवमीको दिन अयोध्या धाममा मूर्ति स्थापना गर्ने अयोध्या धाम व्यवस्थापन समिति प्रचार प्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्यालयमा तयारी रुपमा रहेको मूर्ति ७ गते बिहान काठमाडौँ राम मन्दिरबाट स्वस्ति वाचनसहित प्रधानमन्त्रीले हस्तान्तरण गर्ने र बग्गी, रथ तथा करिब ५ सय सवारी साधनसहित शोभा यात्रा गर्दै अगाडि बढ्ने र बेलुका पवित्र तीर्थस्थल देवघाटमा बास बस्ने कार्यक्रम छ ।

८ गते बिहान मूर्तिहरूलाई पवित्र जलले जलाभिषेश गरी प्रस्थान गर्ने छ । अयोध्या धाममा करिब ९ सय सवारी साधन र ४ हजार भक्तजनलाई खान बस्नको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा अयोध्या धाम व्यवस्थापन समितिका संयोजक तीर्थराज भुसालले बताउनुभयो ।

कलश यात्रा तथा मूर्ति स्थापना कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकाल र बाग्मती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थिति रहने बाग्मती प्रदेशसभा सदस्य विजय सुबेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button