तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ राष्ट्रपति सी, यूरोपेली नेताबीच कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल

चीनका राष्ट्रपति सी चिनफिङ, जर्मन चान्सलर एन्गेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच शुक्रबार ‘भर्चुअल’ बैठकमार्फत् कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल भएको छ ।

उक्त अवसरमा सीले चीन कार्बन उत्सर्जनको वचनलाई पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तन विषयबारेमा सहकार्य गर्न तत्पर रहेको बताउनुभएको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

कुराकानीका क्रममा चिनियाँ नेता सीले जलवायु परिवर्तनको सामना गर्ने सारा मानवजातिको साझा कार्य भएको र भूराजनीतिक रस्साकस्सी, अरू देशमाथि आक्रमणको तारो वा व्यापार अवरोधको निहुँ मात्र हुन नहुने बताउनुभएको छ ।

उहाँले चीनले वैदेशिक खुलापनलाई अरू बढाउनमा जोड दिएको छ भने युरोपले चीनसँग हरित, डिजिटललगायत विभिन्न क्षेत्रका सहयोगलाई बढाउनसक्ने इच्छा लिएको बताउनुभयो ।

त्यसैगरी फ्रान्सका राष्ट्रपति इम्मानुयले उक्त भेटमा म्याक्रोँले फ्रान्स चीनसँग फ्रान्स–चीन र युरोप–चीन आर्थिक सम्बन्धको अरू विकासलाई बढाएर अफ्रिकासँग पनि मिलेर हरित विकास गर्न चाहेको बताउनुभएको छ ।

त्रीपक्षीय कुराकानीमा जर्मनीका चान्सलर एन्गेला मर्केलले जर्मनी , फ्रान्स र चीनले मिलेर जलवायु परिवर्तनको सामना गर्नु निकै महत्वपूर्ण भएको भन्दै युरोपले चीनसँग नैतिक सम्पर्क बढाउने इच्छा लिएको उल्लेख गर्नुभयो ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button