१८३ स्वाब परिक्षण गर्दा १२७ लाई कोरोना पुष्टि
नेपालगन्ज। भेरी अस्पताल नेपालगन्जमा १ सय ८३ जनाको स्वाब परिक्षण गर्दा १ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका १ सय २७ जना मध्ये ५ जना अस्पतालका कर्मचारी समेत रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले बताउनुभयो ।
एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको यो पहिलोपटक भएको डा. थापाले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेजमा पनि विहिवार स्वाब लिइएका ४५ जनाकै आज रिपोर्ट पोजिटिभ आएको छ ।






प्रतिक्रिया राख्नुहोस्