चट्याङ पर्दा ४ वटा पशुको मृत्यु
पर्वत । पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङमा चट्याङ लागेर ४ वटा पशुचौपाय मरेका छन् । स्थानीय धनवहादुर रेग्मीको एउटा भैँसी, तिलक रेग्मीको दुईटा बाख्रा र मोतीलाल पाध्याको एउटा गोरु मरेको छ ।
हिजो साँझ ७ बजेतिर वर्षा संगै परेको चट्याङले पशुचौपाय मरेका वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो । चट्याङका कारण ६ वटा घरमा विद्युत सर्ट भएको छ । चट्याङले पशुचौपाय मरेपनि मानवीय क्षती केहि हुन नपाएको जिसीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्