लागु औषधसहित सहित दुई जना पक्राउ

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले आज बीरगंजबाट १ हजार ४ सय ८८ एम्पुल अवैध लागु औषध र दुई केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ती चोक नजिकै सडकमा शंकास्पदरुपमा हिँडिरहेका भारत विहार मोतिहारीका २४ वर्षीय भोला दासलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट अवैध लागु औषध डाइजेपाम ४९६ एम्पुल, फेनारगन ४९६ एम्पुल र नुर्फिन ४९६ एम्पुल गरी जम्मा १ हजार ४८८ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी प्रवक्ता तथा डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

पक्राउ परेका अभियुक्तलाई लागु औषध मुद्दामा अदालतबाट म्याद थप गरी कारबाही अगाडी बढाइएको खनालले बताउनुभयो ।
यसै गरी वीरगञ्जको शङ्कराचार्य गेट नजिकैबाट भारतबाट गइरहेको अवस्थामा प्रहरीले दुई केजी गाँजासहित १४ वर्षीय बालकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इनरुवाबाट खटिएको टोलीले शङ्का लागि चेकजाँच गर्दा बालकको शरीरमा प्लाष्टिकले बेरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको प्रहरी प्रवक्ता खनालले बताउनुभयो ।

बालकलाई पनि लागू औषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्