अर्थ समिति बैठक : आगामी वर्षको बजेट तयारीका सम्बन्धमा छलफल
काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको बजेट तयारीका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको छ ।
सिंहदरबारमा आज बसेको बैठकमा समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग पूजिँगत खर्च कम हनुका कारण, त्यसमा भएका नीतिगत समस्या र भावी बजेटमा पूजिँगत खर्च बढाउन गर्नुपर्ने व्यवस्थाबारे छलफल गरेको हो ।
छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले विनियोजित बजेट खर्च गर्न समेत अर्थ मन्त्रालयसँग सहमति लिनु पर्ने जस्ता कारण र अन्य झन्झटिला प्रक्रियाका कारण पूजिँगत खर्च कम हुने गरेको बताउनुभयो ।
उहाँले खर्च प्रणालीमा सुधार गर्न नीतिगत तहमै समस्या समाधान गरेर पूजिँगत खर्च बढाउन सकिने बताउनुभयो ।
बैठकमा सांसद विनोद चौधरी, सुरेन्द्र पाण्डे लगायतले समग्र योजना र खर्च व्यवस्थापन प्रभावकारी नदेखिनुमा नीतिगत समस्या देखिएकाले गहिरो छलफल हुनुपर्ने बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र नाथ श्रेष्ठले काम सम्पन्न भएर प्राप्त भएका बिलमा निकासा गर्न नसकिने विभिन्न कारणले पनि पूजिँगत खर्च कम हुन गएको बताउनुभयो ।
उहाँले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन र पूजिँगत खर्च बढाउन नीतिगत तहमा नै निर्णय गर्न आवश्यक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्