प्रदेश नं २ मा रेडियो नेपालको प्रसारणका सम्बन्धमा प्रदेश प्रमुख र व्यवस्थापनबीच छलफल

काठमाडौँ । प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले प्रदेश नं २ मा रेडियो नेपालको प्रसारणका सम्बन्धमा व्यवस्थापनसँग छलफल गर्नुभएको छ ।
रेडियो नेपाल केन्द्रीय कार्यालय सिंहदरबारमा आज भएको छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रदेश नम्बर २ मा बर्दिबास प्रसारण केन्द्रबाट विभिन्न कार्यक्रममार्फत त्यहाँका विषय र मुद्दाहरू उठाइएको जानकारी गराउनुभयो ।

कार्यकारी निर्देशक केसीले निकट भविष्यमा नै जनकपुरमा स्टुडियो सहितको एफएम निर्माणको तयारी भइरहेको समेत जानकारी गराउनुभयो ।
छलफलमा प्रदेश प्रमुख डा.अहिराजले नेपालमा चेतनाको विकासमा रेडियो नेपालको भूमिका अग्रणी रहेको उल्लेख गर्नुहुँदै जातीय, क्षेत्रीय एवं भौगोलिक विविधतालाई जोड्न रेडियो नेपालको भूमिका सराहनीय रहेको बताउनुभयो ।

रेडियो नेपालप्रतिको आस्था, विश्वास र अपनत्वलाई उजागर गर्ने र राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सामाजिक सद्भाव कायम गर्ने गरी रेडियो नेपाल अगाडी बढ्नुपर्नेमा पनि प्रदेश प्रमुख डा. अहिराजले जोड दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्