तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

भक्तपुर । भक्तपुरमा गए राती भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मध्यपुर ठिमी नगरपालिका ४ एस।एस। चोक नजिक अरनिको राजमार्गमा भक्तपुरबाट काठमाडांैतर्फ जाँदै गरेको बा ५३ प ६९३८ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बायाँ तर्फको रेलिङमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार काभ्रेपलान्चोक धुलिखेल नगरपालिका १० बस्ने बर्ष ३२ का महेश शाह रहेको प्रहरीले जानकारी दिएको छ ।

घटना लगत्तै उपचारको लागि मध्यपुर अस्पताल ठिमी पुर्याइएका शाहलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
मोटरसाइकल चालक धुलिखेल १० मै बस्ने बर्ष २२ को महेन्द्र शाहको गम्भीर अवस्थामा मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ ।
मादक पदार्थ सेवन गरी तीव्र गतिमा लापरबाही तरिकाले मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button