लागु औषधसहित दुई जना पक्राउ

कञ्चनपुर । लागु औषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीको बिशेष टोलीले हिरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ का विरेन्द्र नाथ र श्याम गिरी रहेका छन् ।
उनीहरु सवार म१प ५७६१ नम्बरको मोटरसाइकल जाँच गर्दा ३ दशमलव ८३ ग्राम हिरोइन भेटिएको प्रहरीको भनाई छ ।
प्रहरीले मोटरसाइकललाई समेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्