तपाईँ सुन्दै हुनुहुन्छः

बेलायतका राजकुमार फिलिपको निधन 

काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबार स्रोतले घोषणा गरेको छ ।

सन् १९४७ मा एलिजाबेथसँग बिहे गर्नुभएका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताउनुभएको राजदरबार स्रोतले पुष्टि गरेको छ । उहाँहरूको विवाह भएको पाँच वर्षपछि मात्र एलिजाबेथलाई महारानी बन्नुभएको थियो ।
बेलायतको बकिङ्गम राजदरबारले राजकुमार फिलिपको मृत्यु भएको पुष्टि गर्न जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गहिरो दुखका साथ महारानीले उहाँका प्रिय श्रीमान् ‘ड्यूक अफ एडिनबरा’ राजकुमार फिलिपको मृत्यु भएको घोषणा गर्नुभएको छ ।” “फिलिपको शुक्रवार बिहान ‘विन्डसर क्यासल’ मा निधन भएको छ ।”
द ड्यूक अफ एडिनबराको उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उहाँको निवासमा लगिएको थियो ।  राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनाति पनातिनीहरू हुनुहुन्छ ।
राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१, जुन १० मा जन्मिनुभएको थियो । उहाँ हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा हुनुहुन्थ्यो ।
तस्वीरःएएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button