आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एक जना पक्राउ

रुपन्देही । आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा रुपन्देहीको हर्नैयामा एक पुरुष पक्राउ परेका छन् ।
५५ वर्षीय कुस्मा बानियालाई हत्या गरेको आरोपमा सियारी गाउँपालिका–३ हनैयाका गनपत वानियालाई प्रहरीले पक्राउ गरेको हो ।
श्रीमान् श्रीमतीको सामान्य विवाद हुँदा आवेशमा आइ गनपतले श्रीमतीको घाँटी थिचेको प्रहरीको भनाइ छ ।
घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्