तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासङ्घ पाल्पाको अध्यक्षमा राना निर्वाचित

पाल्पा । नेपाल पत्रकार महासङ्घ पाल्पाको अध्यक्षमा रेखीराम राना निर्वाचित हुनुभएको छ ।
महासङ्घको २६औँ अधिवेशनबाट ५९ मत प्राप्त गरी राना निर्वाचित हुनुभएको हो ।
कुल खसेको ९२ मतमा कमलराज तिमिल्सिनालाई ३३ मतले पछि पार्दै राना विजयी हुनुभएको हो ।
तिमिल्सिनाले २६ मत र अर्का अध्यक्षका प्रतिस्पर्धी जीवलाल सुवेदीले ४ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै सचिवका प्रतिस्पर्धी कृष्ण कार्कीलाई १ मतले पछि पार्दै यज्ञमुर्ति तिमिल्सिना निर्वाचित हुनु भएको छ ।
तिमिल्सिनाले ४२, कार्कीले ४१ र अर्का प्रत्याशी भोजराज भट्टराईले ४ मत प्राप्त गर्नु भएको थियो ।
त्यसै गरी सह–सचिव खुल्लामा रिमा सोमै निर्वाचित हुनुभएको छ । सोमैले ४७ मत र प्रतिस्पर्धी नारायण न्यौपानेले ४१ मत प्राप्त गर्नु भएको थियो ।
खुल्ला तर्फको ४ जना सदस्य पदको लागि भएको निर्वाचनमा कृष्ण प्रसाद पोखरेल, भुवन रायमाझी, दुर्गेश मल्ल र सुनिल कार्की चयन भएको छ ।
पोखरेल सर्वाधिक ७५ मत सहित चयन हुनुभएको हो । विजयी उम्मेदवार रायमाझीले ४८, मल्लले ४१ र कार्कीले ४० मत प्राप्त गर्नुभएको छ ।
यस्तै २ जना राष्ट्रिय परिषद् सदस्यको लागि भएको निर्वाचनमा भगवान भण्डारी ६६ र देव बहादुर पचभैया ६० मत सहित विजयी हुनु भएको छ । प्रतिस्पर्धी केशवराज नेपालले ४१ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य भरत आचार्यले जानकारी दिनुभएको थियो ।
उपाध्यक्षमा भरत शर्मा, महिला उपाध्यक्षमा सिर्जना घिमिरे, कोषाध्यक्षमा मुक्ति न्यौपाने, सहसचिव समावेशीमा कृष्ण दर्नाल, सदस्यमा समावेशीतर्फ जनजाति सदस्यमा अनिल लिगल, दलित सदस्यमा विजय बौडेल, अल्पसङ्ख्यकमा रन बहादुर कुमाल निर्विरोध चयन भइसकेको छ ।
यस्तै प्रदेश परिषद् सदस्यमा नर भूपाल वि.क (मिलन) र सुकुम नेपाली निर्विरोध चयन भएको छ ।
त्यसै गरी राष्ट्रिय परिषद् सदस्यमा गीता ज्ञवाली पनि निर्विरोध चयन भइसक्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button