तपाईँ सुन्दै हुनुहुन्छः

उकालो लाग्दै सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा एक हजार रुपैयाँले बढेर ८९ हजार रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ८८ हजार ५५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार २६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button