तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा ७ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणको क्रममा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगंजको नारायणी अस्पतालमा ल्याइएको २८ जनाको स्वाब परीक्षण गर्दा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगंजका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेहरूमा वीरगंज महानगरपालिका वडा नम्बर १५ मा २९ र ३४ वर्षीय पुरुष तथा ७० वर्षीय महिला मा कोरोना संक्रमण पुष्टि भएको छ भने वीरगंज महानगरपालिका वडा नम्बर १३ मा ३५ वर्षीय पुरुष, वडा नम्बर ७ मा १४ वर्षीय किशोर, वडा नम्बर ३ मा ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको डा. दासले जानकारी दिनुभयो ।
त्यसै गरी बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० मा ३६ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको डा.दासले जानकारी दिनुभयो ।
सङ्क्रमितहरूको सिटी भ्यालु १५ देखि ३२ सम्म रहेको डा. दासले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button