लागु औषधसहित भारतीय नागरिक पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले नेपाल भारत सीमा नजिकै शङ्कराचार्य गेटमा चेकजाँचको क्रममा ९ सय एम्पुल लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
हिजो साँझ प्रहरी चौकी इनवाबाट खटिएको टोलीले बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शङ्कराचार्य गेट नजिकै सडकमा शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा भारत विहारको मोतिहारी जिल्ला छौडादानो थाना निवासी २८ वर्षीय अफरोज आलमले बोकेको ब्याग चेक जाँच गर्दा ब्याग भित्र लुकाइछिपाई ल्याएको लागु औषध डाईजेपाम ३०० एम्पुल, फेनारगन ३०० एम्पुल र नुर्फिन ३०० एम्पुल गरी जम्मा ९०० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रह्लाद कार्कीले बताउनुभयो ।
अभियुक्तलाई आज अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रवक्ता कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्