वाग्मती प्रदेश स्तरीय “भू.पू.सैनिक सम्मेलन–२०७७” सम्पन्न
काठमाडौँ । वाग्मती प्रदेश स्तरीय “भू.पू. सैनिक सम्मेलन–२०७७” सम्पन्न भएको छ । सम्मेलन समापन समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरूलाई जीवन्त राख्नु पर्ने बताउनुभयो ।
प्रधानसेनापति थापाले अवकाश प्राप्त गरिसकेपछि पुनः रोजगारीको लागि विदेशिने अवस्थाको अन्त्य गरी स्वदेशमा नै स्वः रोजगारीका अवसरहरू सृजनाका लागि नेपाली सेनाले प्रयास गर्दै आएको बताउनुभएको थियो ।
मकवानपुरको हेटौँडामा आयोजित सम्मेलनमा बाग्मती प्रदेशको ८ जिल्लाका ७ हजार ४३६ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्