विश्वकप छनौट खेलमा स्पेनको अपराजित यात्रा कायमै
काठमाडौँ । स्पेनले विश्वकप छनौट खेलमा आफ्नो अपराजित यात्रालाई जारी राखेको छ ।
सम्पन्न खेलमा कोसोभोलाई हराएर उसले अपराजित यात्रालाई जारी राखेको हो ।
कोसोभोमाथि ३–१ को जितमा म्यानचेस्टर सिटीका फरवार्ड फेरन टोरस, डेनी ओल्मो र जिरार्ड मोरेनोले एक एक गोल गरे ।
कोसोभोका लागि बेसार हलिमिले एक गोल फर्काए पनि सान्त्वनामा सीमित हुन पर्यो । खेलको ३४ औँ मिनेटमा ओल्मोको गोलबाट स्पेनले सुरुवाती अग्रता लिन सफल रह्यो । ।
खेलको दुई मिनेट नबित्दै टोरसले गोल थप्दा स्पेनले अग्रतालाई दोब्बर पार्न सफल रह्यो ।
खेलको ७० औँ मिनेटमा बेसार हलिमिले कोसोभोका लागि गोल फर्काउँदा खेल १–२ को स्थितिमा फर्कियो तर मोरेनोको हेडर गोलमा परिणत भएपछि पुन स्पेनले खेलमा अग्रतालाई थप फराकिलो बनाउँदै कोसोभोमाथि ३–१ को जित हात पार्न सफल रह्यो ।
जितसँगै स्पेन समूह बी को शीर्ष स्थानमा उक्लेको छ , स्पेनले तीन खेलबाट सात अङ्क जोडेको छ ।








प्रतिक्रिया राख्नुहोस्