तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लाफाटा निकुञ्जमा आजबाट गैँडा गणना अभियान सुरु

कञ्चनपुर । गैँडाको राष्ट्रिय गणना कार्यक्रम, २०७७ अन्तरगत कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा आज वाट सुरु गरिएको छ । निकुञ्ज विभागका हरिभद्र आचार्यले गैँडाको अवस्थाको, वितरण, वासस्थान र सङ्ख्याको अध्ययन गर्नका लागी प्रत्येक चार देखि पाँच वर्षमा गणना गर्ने गरेको बताउनुभएको छ । शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्यको समुद्घाटन गर्दै इकोलेजिष्ट आचार्यले गैँडाको संरक्षणका लागी आवश्यक रणनीति र व्यवस्थापनका विविध कार्य सञ्चालन गर्नका लागी सङ्ख्याको यकिन गर्न गैँडाको राष्ट्रिय गणनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
नेपालका  गैँडा पाइने भएकाले पर्सा, चितवन, बर्दिया र शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा गैँडाको राष्ट्रिय गणना अभियान सञ्चालन गरिएको उहाँले बताउनु भएको छ । गैँडा गणना अभियानका लागि नेपाल सरकार र अन्य संरक्षण सम्बन्धी कार्य गरी रहेका संस्थाहरूका तर्फबाट गरी १ करोड ४० लाख बजेट खर्च गरिएको छ ।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुनले चैत्र १९ देखि एक साता सम्म गैँडा गणना गरिने र त्यसका लागी ४ वटा हात्ती र ३० जना कर्मचारी परिचालन गरिएको बताउनु भएको छ । निकुञ्जले गैँडाको वास स्थानका रुपमा रहेका तीन वटा ब्लक मालुमेला, शुक्ला र  बेल्डाडी क्षेत्रमा मात्र गैँडाको गणना गरिने छ ।
आज गणना कार्यमा खटिने कर्मचारीहरूलाई आवश्यक प्रशिक्षण कार्य गरिएको र भोलि बिहानैबाट मालुमेला क्षेत्रबाट गणना कार्य सुरु गरिने समेत प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले बताउनु भएको छ । २०७१को गणना अनुसार शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडा रहेका छन् ।
गैँडाको राष्ट्रिय गणना कार्यक्रम, २०७७ को  चैत्र १ गते पर्सा र चितवन राष्ट्रिय निकुञ्जबाट सयुक्त रुपमा वन मन्त्री प्रेम आलेले समुद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button