राजस्व छली भित्र्याइएको ३ लाखभन्दा बढीको सामान बरामद

बीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिकाको विभिन्न स्थानबाट अवैध रुपमा राजस्व छली भित्र्याइएको ३ लाखभन्दा बढीको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले बीरगञ्ज महानगरपालिका भित्र इनर्वागाउँ, छपकैया, भकुवा, सिर्सिया र नगवाबाट अवैध रुपमा भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा ३ लाख ९सय पचास रुपैयाँ बराबरको खाद्यान्न र लता कपडा लगायतका मालबस्तुहरु बरामद गरी वीरगंज भन्सार कार्यालयमा थप कारबाहीका लागि बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्