तपाईँ सुन्दै हुनुहुन्छः

विजेता खेलाडीलाई जनही १ लाख दिने एन्फाको घोषण

file photo

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ ।

एन्फाले मङ्गलवार एक विज्ञप्ति निकाल्दै उपाधि विजेता टोलीका सदस्यलाई जनही १–१ लाख पुरस्कार दिने जनाएको छ । एन्फाले उपाधिको रकम बाहेक खेलाडीलाई जनही थप १ लाख दिने जनाएको छ । दशरथ रङ्गशालामा सोमबार भएको फाइनलमा बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

नेपाललाई उपाधि दिलाउन संजोक राई र विशाल राई ’बी’ ले एक एक गोल गरेका । बङ्गलादेशका महबुबुर रहमानले एक गोल फर्काएका थिए । थ्री नेसन्सको उपाधिसँगै नेपालले ३७ वर्षपछि घरेलु भूमिमा पहिलो  उपाधि जितेको हो ।

यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको थियो । उपविजेता बनेको बङ्गलादेशले ३ हजार डलर प्राप्त गर्‍यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button