शुक्लाफाँटामा एक बाघको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक बाघको मृत्यु भएको छ । सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको आज मृत्यु भएको हो ।निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमा स्तम्भ नजिक घाइते अवस्थामा भेटिएको बाघको मृत्यु भएको जानकारी दिनुभयो ।
मृत बाघको निकुञ्ज कार्यालयमा शव परीक्षण गरिएको छ । उहाँले सीमा क्षेत्रमा भेटिएकाले बाघ नेपाल वा भारतको हो भन्नेबारे पनि अनुसन्धान थालिएको बताउनुभयो । निकुञ्जमा १६ वटा पाटे बाघ रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्