थारु कल्याणकारी सभासँग पहिलो चरणको वार्ता

काठमाडौँ ।सरकार र थारु कल्याणकारी सभाको वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता भएको छ । सिहंदरवारमा आयोजित वार्ता सौहार्दपूर्ण र सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
उहाँले, अर्को चरणको वार्ता छिट्टै हुने सहमति भएको पनि जानकारी दिनुभयो ।सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराई र पूर्व सांसद भगवती चौधरीसहितको वार्ता टोली गठन गरेको थियो ।
थरुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रिय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्न सरकारले वार्ता टोली गठन गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्