संविधान दिवसको दिनमा घोषित विभूषण सरकारले चैत २७ गते प्रदान गर्ने

काठमाडौँ । सरकारले गत असोज ३ गते संविधान दिवसको दिनमा घोषित विभूषण पाउने व्यक्तिलाई यही चैत २७ शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा विभूषित गर्ने भएको छ।
गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै महाउज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवा श्री, उज्वल कीर्तिमय राष्ट्रदीप, प्रसिद्ध प्रवल जनसेवा श्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवा श्री, कीर्तिमय राष्ट्रदीप, प्रवल जनसेवा श्री र जनसेवा श्री प्राप्त गर्नेहरुलाई चैत २७ गते बिहान १० बजे शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा विभूषित गरिने भएकाले उपस्थितिका लागि आह्वान गरेको छ।









प्रतिक्रिया राख्नुहोस्