तीन व्यावसायिक कम्पनीविरुद्ध मुद्दा दायर
काठमाडौं । राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।
विभागले झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गर्ने काठमाडौंको एएस हार्डवेयरका सञ्चालक सरला श्रेष्ठ समेत ७ जना, काठमाडौँको बत्तीसपुतली स्थित रुक्मिणी इण्डस्ट्रिज प्रालिका सञ्चालक र कपिलवस्तुको कृष्ण ट्रेडिङ सप्लायर्सका सञ्चालक तथा सहयोगी विरुद्ध झण्डै ३६ करोड २४ लाख रुपैयाँ बिगो कायम हुने गरी सजाँयको माग गर्दै मुद्दा दर्ता गरेको हो ।
विभागले हार्डवेयरसँग २२ करोड २६ लाख ९ सय रुपैयाँ बिगो कायमको माग दाबीसहित काठमाडाँै जिल्ला अदालतमा, रुक्मिणी इण्डस्ट्रिविरुद्ध १२ करोड ४६ लाख रुपैयाँ बिगो कायम गरी बारा जिल्ला अदालतमा र कृष्ण ट्रेडिङ सप्लायर्स विरुद्ध १ करोड ५२ लाख रुपैयाँ बिगो कायमको माग दाबीसहित कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्