तपाईँ सुन्दै हुनुहुन्छः

मिनापको महामूर्खको उपाधि प्रसिद्ध हास्य कलाकार द्वय श्रेष्ठ र आचार्यलाई 

जनकपुरधाम । होलीभन्दा एक दिन अगाडी मिथिला नाट्य कला परिषद्ले आयोजना गर्दै आएको महामूर्ख सम्मेलन आज सम्पन्न हुन लागेको छ ।

जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा हास्य परिहास, होलीका गीत, जोगिरा, कविता वाचनसहित सुरु भएको महामूर्ख सम्मेलनमा यस पटक महामूर्खको उपाधि नेपालका प्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई संयुक्त रुपमा दिने यस अघि नै निर्णय भएको छ ।

विगतका वर्षहरूमा यो उपाधि प्रायः राजनीतिक दलका विशिष्ट नेता तथा सामाजिक अगुवालाई दिँदै आएकोमा यस पटक नेपालको कला क्षेत्रमा उल्लेखनीय योगदान दिनु भएका हास्य कलाकार द्वय श्रेष्ठ तथा आचार्यलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको मिथिला नाट्य कलापरिषदका पूर्व अध्यक्ष एवं गायक सुनिल मल्लिकले जानकारी दिनुभयो ।

यसै गरी सो कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूलाई विभिन्न प्रकारका उपाधिहरू प्रदान गर्ने कार्यक्रम रहेको छ ।

पटमूर्ख, मुर्खाधिराज, डपौरशंख जस्ता व्यगात्मक १ दर्जन उपाधिहरू प्रदान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा मिथिला नाट्य कला परिषद्का कलाकारहरूले विभिन्न प्रकारको हास्य प्रहसनहरू  पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

मिथिला नाट्य कलापरिषदका अध्यक्ष परमेश झाको अध्यक्षतामा कार्यक्रम जनकपुरधामको जानकी मन्दिरमा सुरु भएको छ ।

महामूर्ख सम्मेलन हेर्नका लागि ठुलो सङ्ख्यामा जानकी मन्दिर परिसरमा सर्वसाधारणको  उपस्थिति रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button