मिथिला परिक्रमाका तीर्थयात्रीहरू जनकपुरधाममा
जनकपुरधाम । १५ दिने मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू आज जनकपुरधाम आइपुगेका छन् ।
धनुषाको मिथिला विहारी नगरपालिकाको तारापट्टीमा रहेका मिथिला विहारी मन्दिरबाट मिथिला विहारी अर्थात् भगवान् राम तथा जनकपुरधामको अग्निकुण्डवाट किशोरीजी अर्थात् माता सीताको डोलासहित जनकपुरधामकै हनुमान गढीबाट शुरु भएको परिक्रमाका तीर्थयात्रीहरू नेपाल भारतको १ सय ३३ किलोमिटरको दुरी तय गर्दै आज जनकपुरधाम आइपुगेका हुन् ।
फाल्गुण शुक्ल पक्ष प्रतिपदाबाट शुरु भएर पूर्णिमासम्म परिक्रमा चल्ने परम्परा रहेको छ । सहभागीहरू नेपाल भारतको १५ धार्मिक स्थलमा विश्राम गर्दै कथा, प्रवचन सुनेर बिताउने गरेका छन् ।
मिथिला विहारी तथा किशोरी जीको डोला जनकपुरधामको गंगासागरको डिलमा रहेको झुला घाटमा रात्रि विश्राम गर्ने र भोेली बिहानै जनकपुरको पञ्चकोशी अन्तगृह परिक्रमा गरेपछि मध्यमा मिथिला परिक्रमा सम्पन्न हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्