तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट प्रदेश प्रमुखका अङ्गरक्षकको मृत्यु 

जनकपुरधाम । धनुषामा प्रदेश नंं २ का प्रदेश प्रमुखको अङ्गरक्षकको रुपमा कार्यरत रहेका प्रहरी सहायक निरीक्षकको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

पूर्व पश्चिम लोक राजमार्गको धनुषा सडक खण्डको मिथिला नगरपालिका वडा नंं १० मा रहेको मोडल अस्पताल नजिक ट्रकले ठक्कर दिँदा प्रहरी सहायक निरीक्षक मदन कापरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

महोत्तरी जिल्लाको वलवा नगरपालिका वडा नंं १२ घर भई मिथिला नगरपालिकामा डेरा गरी बस्ने प्रहरी सहायक निरीक्षक कापरलाई लु ५ प ८५७५ नम्बरको मोटरसाइकलबाट पश्चिमतर्फ जाने क्रममा ना ५ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

उता ट्रकका चालक बृज चौधरीलाई सुनसरी जिल्लामा पक्राउ गरी धनुषा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button