तपाईँ सुन्दै हुनुहुन्छः

हतुवागढीका आगलागी पीडितलाई सांसद किरातीको सहयोग


भोजपुर। भोजपुरको दक्षिण हतुवागढीमा बिहीबार भएको आगलागी पीडितलाई सङ्घीय सांसद सुदन किरातीले राहत उपलब्ध गराउनु भएको छ ।
भोजपुरका सङ्घीय सांसद किरातीले तत्काल प्रारम्भिक राहत उपलब्ध गराउनु भएको हो । बिहीबार हतुवागढी गाउँपालिका वडा नम्बर ८ पात्लेपानीको खुकैलामा सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट भएको थियो । सांसद किरातीले माओवादी केन्द्र भोजपुरकी नेतृ सुनिता किराती र वडाध्यक्ष प्रविन राई मार्फत आगलागी पीडित परिवारलाई २ सय ४० केजी चामल, दाल लगायतका खाद्यान्न सामाग्री उपलब्ध गराउनु भएको छ ।

किरातीले आगलागीबाट घरबार विहीन बनेका हतुवागढी गाउँपालिका वार्ड नं. ८ का सुदन राई, कञ्चन राई, भिमबहादुर राई र अर्जुन राईको घर निर्माणमा समेत सहयोग गर्ने बताउनु भएको छ । आगलागीबाट चार घर जलेर पुर्णरुपमा नष्ट भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button