तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङको भोर्लाबोट सामुदायिक वनमा भीषण आगलागी

फाइल तस्बिर
बागलुङ । बागलुङको बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौर नयाँ बजार क्षेत्रदेखी भर्लाट, चाजा, बास्कोट, कात्तिके सल्लेरीहुदैं भोर्लाबोट सामुदायिक वनमा भीषण आगलागी भएको छ ।
आगलागीले आरुखर्क क्षेत्रमा रहेका खरका छानो रहेका ३५ घर गोठ जोखिममा रहेको स्थानीय गणेश खत्रीले जानकारी दिनुभयो ।
आगलागी क्षेत्रमा करिब ३० जनाले आगो निभाउने प्रयास गरेपनि आगो नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो ।
आगलागी क्षेत्रका आसपासमा रहेका नागरिक सहयोगको लागि उक्त स्थानमा जान बरेङ गाउँपालिकाले आग्रह गरेको छ । त्यस्तै जैमिनी नगरपालिका वडा नंम्वर १० राङखानीको वेलढुङ्गा क्षेत्रदेखि हाडीकोट नजिक पनि आगलागी भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button