तपाईँ सुन्दै हुनुहुन्छः

४० वर्ष भारतीय जेलमा बन्दी बनेका दुर्गाप्रसादले ६१ वर्षको उमेरमा नागरिकता लिए 

इलाम । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर स्वदेश फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले बिहीबार नागरिकता लिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय इलाम बाट तिम्सिनाका कान्छा भाइका छोरा भतिज गोपाल तिम्सिनाले सनाखत गरेपछि तिम्सिनाले  ६१ वर्षको उमेरमा नागरिकता पाउनु भएको हो ।
दुर्गाप्रसाद साबिकको एकतप्पा गाविसमा २०१७ साउन २० गते जन्मिएको उल्लेख छ । नागरिकतामा हालको ठेगाना माई नगरपालिका–१० लुम्बाक राखिएको छ । नागरिकतामा प्रशासकीय अधिकृत देवीचरण फुयाँलले हस्ताक्षर गर्नु भएको छ ।
दुर्गाप्रसादका बुबा चम्पाखरको पहिल्यै मृत्यु भइसकेको छ भने  आमा धनमाया सदरमुकाम आउन सक्नु भएन । २० वर्षकै उमेरमा भारत जानु भएका तिम्सिना  जेल परेपछि  दीपक जैसी भनिएको थियो । भारतमा जेलमा रहँदा अदालती कामकारबाहीमा दीपक जैसी  नाम उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button