गाउँपालिकाले दियो स्नातक गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ पुरस्कार

बारा । बाराको प्रसौनी गाउँपालिकाले स्नातक गरी विवाह गर्ने स्थानीय छोरीलाई गाउँपालिकाले ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।
छोरीलाई पढाइतर्फ आकर्षित गर्न र उच्च शिक्षा प्राप्ति तर्फ सहयोगी हुने उद्देश्यको साथ यो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले छोरीहरूलाई उच्च शिक्षा हासिल गर्नतर्फ आकर्षित गर्ने उद्देश्यले पुर्ब घोषित कार्यक्रम स्वरूप शुभ सगुन स्वरूप ५१ हजार रुपैंया पुरस्कार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले स्थानीय एक छोरीको विवाहमा सरिक भई पालिकाको तर्फबाट उल्लेखित रकमको चेक हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गर्नुभएको हो । गाउँपालिकाको वडा नं.१, को मुस्लीमटोल निवासी कलिम मिया मन्सुरीकी छोरी २५ बर्षीया असरिना खातुनलाई ५१ हजार रुपैंयाको चेक गाउँपालिकाले प्रदान गरेको हो ।
स्नातक उत्तीर्ण पश्चात् मन्सुरीकी छोरी असरिनाको विरगजंका नवजीव आलमसँग विवाह भएको छ । चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आएको कार्यक्रम अन्तरगत पुरस्कार पाउने असरिना पहिलो स्थानीय छोरी भएको गाउँपालिका अध्यक्ष गुप्ताले बताउँनुभयो । स्नातक गरेर आफ्नो खुट्टामा उभिएर विवाह गर्ने स्थानीय छोरीलाई शुभ सगुन स्वरुप सहित उक्त रकम हस्तान्तरण गरिएको अध्यक्ष गुप्ताले बताउँनुभयो ।








प्रतिक्रिया राख्नुहोस्