सप्तरीको बेल्ही नाकामा हेल्प डेस्क स्थापना
सप्तरी । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि सप्तरीस्थित भारतसँग सिमानाका जोडिएको बेल्ही भन्सारमा हेल्प डेक्स स्थापना गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बेल्ही भन्सारमा हेल्प डेस्क स्थापना गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिनुभयो ।
भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुलाई प्रारम्भिक स्वास्थ्य जाँचकासाथै आवश्यक सोधपुछ कार्य सुरु भइसकेको उहाँले बताउनुभयो ।
बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सो कार्य भइरहेको र शंकास्पद व्यक्तिलाई तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाउने तयारी रहेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्