भलुहीमा ५६ मिटर लामो झुलुङ्गे पुल निर्माण

बारा।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.२३ मा ७५ लाख ५९ हजारको लागतमा झुलुङ्गे पुल निर्माण गरिएको छ ।
उपमहानगरपालिकाको वडा नं.२३ स्थित भलुही अजाद टोलमा संघिय सरकारको ससर्त अनुदानबाट ६ मिटर लम्बाई र ढेड मिटर चौडाई भएको झुलुङ्गे पुुलको निर्माण गरिएको वडा अध्यक्ष असलम देवानले जानकारी दिनुभयो । नवनिर्मित झुलुङ्गे पुलको नाम अजादघाट सिरिसिया भलुही झुलुङ्गे पुल नामाकरण गरिएको छ ।
सिर्सिया खोलामाथि निर्माण गरिएको पुलको २७ लाख ५० हजार रुपैयाको काम ठेक्दार कम्पणीबाट र ४८ लाख ९ हजारको काम उपभोक्ता समितीबाट गराईएको वडा अध्यक्ष देवानले बताउँनुभयो । झुलुङ्गे पुलको निर्माण भएपछि ४० घरपरिवार प्रत्यक्ष रुपमा लाभन्वित भएका छन् ।









प्रतिक्रिया राख्नुहोस्