तपाईँ सुन्दै हुनुहुन्छः

होलिमा जमघट तथा भीडभाड नगरी घरमै मनाउन आग्रह

सप्तरी  । जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना प्रकासित गरी होलिमा जमघट तथा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड निरन्तर पालना गर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलको अध्यक्षतामा जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बसेको बैठकले नियमित मास्क लगाउन, हातधुन र सेनिटाइजरको प्रयोगलाई निरन्तरता दिन आग्रह समेत गरेको छ ।

कोरोना संक्रमणको संभावित जोखिम बढ्न नदिन स्वास्थ्य सावधानीसहित होलि खेल्नका लागि आग्रह गरिएको छ ।

त्यसैगरी भिड भाड हुने गरी सभा, सम्मेलन, जात्रा पर्व संचालन अर्को आदेश नभएसम्म नगर्नुहुन ,अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कीनुहुन, बाहिर निस्किनुपरे समाजिक दुरी कायम राखी मास्क प्रयोग गर्नुहुन तथा साबुन, पानी सेनिटाइजरबाट हात धुने व्यवस्था मिलाउनुहुन ,आउँदो फागु पर्व होली आआफ्ना घरमा सुरक्षित तरिकाले सभ्य रुपमा मनाउनुहुन, जबरजस्ती पानीको लोला हान्ने, हिलो छ्याप्ने, जबरजस्ती रंग दल्ने कार्य नगर्न गराउनुहुन साथै मादक पदार्थ सेवन गरी अनावश्यक होहल्ला तथा झैझगडा नगराउनुहुन सबैमा सूचना मार्फत अनुरोध गरिएको छ ।

उल्लेखित निर्णय बिपरीत काम गरेको पाइएमा प्रचलित कानून अनुसार कारवाही हुने व्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button