पेस्तोलसहित दुई युवक पक्राउ

बीरगंज । प्रहरीले बीरगंज महानगरपालिका वडा नम्बर १३ श्रीपुरस्थित हुलाकी सडकबाट मङ्गलवार साँझ एक थान कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त गस्ती टोलीले हुलाकी सडक खण्डमा शङ्कास्पद रुपमा हिडि रहेका दुई जना युवकलाई खानतलासी गर्दा उनीहरूको साथबाट एक थान कटुई पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
पेस्तोलसहित पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नम्बर २४ सिर्सिया निवासी २७ वर्षीय दिपेन्द्र साह र २३ वर्षीय सनोज गुप्ता रहेको डिएसपी खनालले बताउनुभयो ।
अभियुक्तहरूलाई थप कारबाहीका लागि प्रहरी हिरासतमा राखी अनुसन्धान अगाडी बढाइएको डिएसपी खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्