रेडियो नेपाल जनतालाई सुसूचित गर्ने एक मात्र भरपर्दो माध्यम : प्रदेश प्रमुख कलौनी

सुर्खेत । रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय सुर्खेतमा कर्णाली प्रदेशका प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले अवलोकन गर्नुभएको छ ।
आज कार्यालयको अवलोकन गर्नुहुँदै प्रदेश प्रमुख कलौनीले रेडियो नेपाल जनतालाई सुसूचित गर्ने एक मात्र प्रभाबकारी र भरपर्दो माध्यम रहेको बताउनुभयो । यस प्रसारण केन्द्रको अवलोकनको क्रममा प्राविधिक समस्या रहेको बोध गरेको बताउनुहुँदै उहाँले प्रशारण केन्द्रलाई आधुनिक रुपमा बिस्तार गर्न आफुले सक्दो पहल गर्ने बताउनुभयो ।

प्रदेश प्रमुख कलौनीले रेडियो नेपालका कर्मचारीहरुले पनि आफ्नो दायीत्व पुरा गर्न रचनात्मक काम गर्नुपर्ने सुझाब दिनुभयो । समस्या हरेक क्षेत्रमा रहने बताउनुहुँदै उहाँले समस्यासंग जुध्दै काम गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो । उहाँले विश्व अहिले प्रविधिमा धेरै अगाडी बढीसकेकाले रेडियो नेपालले पनि नयाँ – नयाँ प्रविधिको प्रयोग गर्दै अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो ।
प्रदेश प्रमुख कलौनीले रेडियो नेपालको पूर्वसन्ध्यामा रहेको ७१ औँ बार्षिक उत्सव तथा नयाँ वर्ष २०७८ सालको सबैमा शुभकामना पनि ब्यक्त गर्नुभयो ।यसै अवसरमा रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय सुर्खेतका कार्यालय प्रमुख गोपाल थापाले कार्यालयको अवस्थाको बारेमा प्रदेश प्रमुखलाई जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्