बागलुङको बडिगाडमा चट्याङ लागि एक वालकको मृत्यु

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं. ८ नेटाखर्कमा चट्याङ लागेर १२ वर्षिय खिम बहादुर वि.क.को मृत्यु भएको छ। मंगलवार साँझ परेको चट्याङ लागि अम्मर बहादुर वि.क.का कक्षा ३ मा पढ्ने छोरा खिम बहादुरको ज्यान गएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले पुष्टि गर्नुभएको छ।
विद्यालयवाट फर्किएर घरमै मोवाइल हेरिरहेका विक नजिकै चट्याङ परेको स्थानियले बताएका छन्।








प्रतिक्रिया राख्नुहोस्