तपाईँ सुन्दै हुनुहुन्छः

थप १८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, ७७ जना सङ्क्रमणमुक्त

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
काठमाडौँ  । आज ४ हजार ३२ वटा नमुना परीक्षण गर्दा थप १ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ ।
त्यस्तै  देशभरका संस्थागत तथा होम आइसोलेसनबाट आज ७७ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या २ लाख ७२ हजार ९७ जना रहेको र ३ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज १ हजार १ सय २८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button