जुम्लामा ८ महिनामा ८ सय २८ उद्योग दर्ता

जुम्ला । जुुम्लामा चालु आर्थिक वर्षको आठ महिनामा करिब ८२ करोड ८० लाख लगानीमा ८ सय २८ वटा बाणिज्य तथा साना उद्योग दर्ता भएका छन् ।
कोभिडपछि स्वदेशमै आर्यआर्जनका क्षेत्रमा यूवा आर्कषित भएपछि रोजगार तथा उत्पादन मुलक ८ सय २८ वटा उद्योग दर्ता भएका हुन् ।
जस अन्तर्गत २ सय २३ वटा वाणिज्य तर्फ उद्योग दर्ता भएका छन् भने, ६ सय ५ वटा उत्पादन मुलक तर्फका उद्योग दर्ता भएको उद्योग तथा उपभोक्ता संरक्षण कार्यालय जुम्लाका सूचना अधिकारी भगवती श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार जुम्लामा कोभिडपछि उत्पादन मुलक उद्योग दर्तामा उल्लेखीय बृद्धि भएको छ ।
विगतको तुलनामा दोब्बरले बढेर आठ महिनामै ८ सय २८ वटा उद्योग दर्ता भएको श्रेष्ठले जानकारी दिनुभयो ।
बाणिज्य तर्फ २ सय २३, कृषि तथा वन जन्यतर्फ ५ सय ४३, निर्माण सेवामा २,पर्यटन तर्फ २७ र सेवा मुलकतर्फ ३१ वटा गरी ८ सय २८ वटा उद्योग दर्ता भएका छन् ।
राजश्व कम लाग्ने भएकोले दर्ता भएका उद्योग मध्ये ९० प्रतिशत उद्योग महिलाका नाममा दर्ता भएका छन् ।
जुम्लामा बितेको ८ महिनामा ८२ करोड ८० लाख लगानीमा ८ सयभन्दा बढी उद्योग दर्ता भएका छन् ।
प्रति उद्योग करिब १० लाख बढीका लगानी देखाएर दर्ता भएको उद्योग तथा उपभोक्ता संरक्षण कार्यालय जुम्लाका सूचना अधिकारी भगवती श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो “प्रति उद्योग १० लाख लगानीका दरले ८ सय २८ उद्योग संचालनमा करिब ८२ करोड ८ लाख लाख बजेट लगानी भएको छ ।”








प्रतिक्रिया राख्नुहोस्