तपाईँ सुन्दै हुनुहुन्छः

 टिप्परको ठक्करबाट दिँदा ७ वर्षीया बालिकाको मृत्यु

बारा । बारामा टिप्परको ठक्करबाट एक ७ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका ८ बस्ने अजय यादवको  ७ वर्षीया छोरी आकृति यादव रहेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
शनिबार राती ना ८ ख ३४५६ नम्बरको टिपरले बाबु छोरी सवार भारतीय बी आर ०५ के ०९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा आकृतिको घटना स्थलमा नै मृत्यु भएको थियो । भने बाबु अजय  गम्भीर घाइते भएको प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।
आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ४ ईनर्वामालस्थित हुलाकी राजमार्गमा हरनैयाबाट कलैयातर्फ आउँदै गरेको टिप्परले मोटरसाइकललाई ठक्कर दिएपछि टिपर पल्टिएको थियो । दुर्घटनामा घाइते भएका यादवको कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगंज पठाएको र टिप्पर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button