विश्व शान्तिको लागि सप्तरीमा विष्णु महायज्ञ

राजविराज । विश्वमा शान्ति स्थापनाको लागि सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ४ बेल्ही चपेनामा श्री सिताराम नाम सङ्कीर्तन तथा विष्णु महायज्ञ शुरु भएको छ ।
विश्व शान्ति स्थापना र प्राकृतिक प्रकोप बाट बचाउन नेपालमा श्री सिताराम नाम सङ्कीर्तन तथा विष्णु महायज्ञ शुरु गरिएको महायज्ञ तयारी समितिका संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिनु भएको छ ।
यही चैत २ गते देखी शुरू भएको महायज्ञमा मुख्य मण्डप र सहायक मण्डप गरी विभिन्न देवी देवताका दर्जनौँ मुक्तिहरू, एक सय ८ मरवा सहित एक सय ३० मण्डलीको (एक मण्डलीमा २१ जना) सहभागिता रहेको छ ।
महायज्ञमा कृष्ण लिला, रामायण पाठ, कथा पुराण लगायत धार्मिक/सांस्कृतिक कार्यक्रम सहित झुला, मौतका कुवा लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत दिनहुँ भइरहेको संयोजक मण्डलले जानकारी दिएका छन् ।
महायज्ञमा जगतनन्दन दास पगला बाबाको विशेष पहलमा उक्त विष्णु महायज्ञको उद्घाटनमा बृहत् कलश यात्रा निकाली मुतनि नदिमा जल रिसार गरिएको थियो ।
त्यसै गरी महायज्ञको आज ६ औँ दिन पनि अरू दिन जस्तै श्रद्धालु भक्तजनहरूको भिडभाड बढ्ने गरेको र यो महायज्ञ चैत ११ गते सम्म समेत चल्ने छ ।








प्रतिक्रिया राख्नुहोस्