तपाईँ सुन्दै हुनुहुन्छः

बारामा लागू औषध अफिमसहित एक जना पक्राउ

बारा । बारा प्रहरीले अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बारागढी गाउँपालिका वडा नं.१ भवानीपुरस्थित सडक खण्डको इटहर बेलाहीबाट एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टागियाबस्ती टोल बस्ने बर्ष २७ का राजकुमार योञ्जन तामाङ रहेका छन् ।

बा.३५ प ८२२ नं.को मोटरसाइकललाई शङ्का लागेर रोकी चेक जाँच गर्दा लेगार्डमा झुण्डियाई झोलाभित्र राखेको अवस्थामा एक किलो.अफिम बरामद गरिएको हो । पक्राउ परेको तामाङमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button