तपाईँ सुन्दै हुनुहुन्छः

खुला सीमा नाकाका कारण वीरगन्जमा फेरि कोरोना संक्रमण फैलिन सक्ने त्रास

वीरगञ्ज । छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढिरहेको अवस्थामा खुला सीमा नाकाका कारण वीरगञ्ज लगायत नेपालका सीमावर्ती सहरहरूमा कोरोना संक्रमण फैलिन सक्ने  त्रास बढ्दै गएको छ ।

भारतका विभिन्न राज्यमा तीव्र गतिमा फैलिँदै गएको कोरोना संक्रमण खुला सीमा क्षेत्रका कारण नेपाल भित्रिन सक्ने भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् ।

केन्द्रिय सङ्कट व्यवस्थापन केन्द्र सिसिमसीद्वारा सुरक्षा सतर्कता अपानाउदै सिमानाका खोल्न मन्त्रीपरिषद्लाई सिफारिस गरिसकेको छ ।

यद्यपि यति नै बेला सिमानाकामा भारतबाट संक्रमण भित्रिन नदिन कडा निगरानी नबढाइएको र विगतमा राखिएको हेल्थ डेस्कमा चेक जाँच गर्ने स्वास्थ्य कर्मचारी नहुँदा फेरि भारतबाट संक्रमित भित्रिन सक्ने खतरा बढेर गएको छ ।

चाडबाड नजिकिएसँगै सीमापारिबाट आउने जाने काम बढ्ने भएकोले कोरोना फेरि फैलिन सक्ने हुँदा चिकित्सकहरूले सिम क्षेत्रमा सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

विगतमा कोरोनाको पहिलो लहरमा खुला सीमाकै कारण कोरोना सङ्क्रमणको प्रमुख केन्द्र बनेको वीरगन्जमा दैनिक २–३ जनाको ज्यान जाने गरेको थियो । सीमा क्षेत्रमा उच्च सतर्कता नअपनाउँदा फेरिपनि त्यो कहाली लाग्दो अवस्था नआउला भन्न सकिँदैन ।

नारायणी अस्पताल वीरगन्जका डा. उदय नारायण सिंहले कोरोना सङ्क्रमणप्रति वीरगञ्ज लगायतका स्थानमा अहिले हेलचक्र्याइँ बढ्दै गएको हुँदा फेरि सङ्क्रमणले भयावह अवस्था सृजना गर्नसक्ने बताउनुभयो ।

उहाँले विगतबाट पाठ सिक्दै विरगञ्जबासीलाई भौतिक दुरी कायम राख्ने, साबुन पानीले बेलाबखतमा हात धुने लगायतका सामान्य मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

त्यसैगरि पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केन्द्रिय सङ्कट व्यवस्थापन केन्द्रले सिमानाका खोल्न सिफारिस गरे पनि नेपाल सरकारबाट औपचारिक निर्णय नआएको बताउँदै भारतमा फैलँदो क्रममा रहेको कोरोना सङ्क्रमणलाई दृष्टिगत गर्दै सिमानाकामा फेरि उच्च सुरक्षा सतर्कता अपनाइने बताउनुभयो ।

उहाँले हाल पर्सामा ६ जना सक्रिय संक्रमित रहेकोमा दुई जनाको काठमाडौँको पाटनमा उपचार भइरहेको र अन्य ४ जना होम आइसोलेसनमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button